भारतीय विदेशमन्त्री विशेष विमानमा काठमाडौं आउँदै

0 5
काठमाडौं : विनाशकारी भूकम्पपछि पुनर्निर्माणमा सहयोग जुटाउने नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनमा सहभागी हुन भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आउँदै छन्।
भारतीय विदेशमन्त्री स्वराज विशेष विमानमा काठमाडौंका लागि प्रस्थान गरेकी छिन्। केही बेरमै उनको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्ने स्वागतका लागि विमानस्थलमा रहेका परराष्टका अधिकारीले दिएका छन्।
स्वराज यहाँ रहँदा राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री कार्यालयका एडिसनल प्रिन्सिपल सेक्रेटरी पिके मिश्रा, विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरलगायत आठजना आउँदैछन्। स्वराज सम्मेलन सकेर बिहीबार नै स्वदेश फर्किने कार्यक्रम छ।