विप्लव माओवादीका नेता-कार्यकर्ता पक्राऊ

0 6

काठमाडौं :  नेकपा माओवादीका करिब दुई दर्जन  नेता-कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको सुन्धाराबाट विप्लव नेतृत्वका माओवादी कार्यकर्ताहरुलाई पक्राउ गरेका हुन् ।

चीन र भारतबीच नेपाली भूमि लिपुलेकमा व्यापार नाका खोल्ने सम्झौता खारेज गर्न माग गर्दै विप्लव माओवादीले बुधबार प्रदर्शन गरेको थियो । प्रर्दशनमा हस्तक्षेप गरी प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनको नेतृत्व तिलक परियारले गरेका थिए ।

प्रहरीले परियारसहितका नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको विप्लव माओवादीले जनाएको छ । उनीहरुलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ ।