गोजीबाट पेस्तोल निकालेर भाइले दाजुको हत्या गरे

0 18
धनगढी : अंश सम्बन्धी विवादका कारण कैलाली सदरमुकाम धनगढीमा दिनदहाडै फिल्मी शैलीमा भाईले दाईको गोली हानी हत्या गरेका छन्।
डोटीको गडसेरा गाविस ८ बोरगाउँका दिनेश बोहराले, आफ्नै सहोदर दाजु ४५ वर्षका कुमार बोहराको मंगलबार दिउसो साढे १२ बजे धनगढीको खुलाचौकमा गोली हानी हत्या गरेका छन्।
एकै मोटरसाईकलमा सवार दुबै दाजु भाईमा विवाद भएपछि पछाडी बसेका भाई दिनेशले गोजीमा राखेको पेस्तोल निकाली गुडिरहेको मोटरसाईकलमा दाजुको दातीमा गोली हानेका हुन्।
धनगढी नगरपालिका ५ तारानगर हुने, दिदि स्वेता बोहराको घरमा बसेर अंस सम्बन्धी कुरा गरिरहेका दुबै भाईबीच कुरा नमिलेपछि दुबै बाहिर निस्किएका आफन्तहरुले बताएका छन्।
गोली हाने लगत्तै कुमारलाई सेती अञ्चल अस्पताल पुगाईको थियो । अस्पताल पुगाएको १५ मिनेटमै उनको ज्यान गएको सेती अञ्चल अस्पतालले जनाएको छ। कुमारको छातीको बाँयातिर लागेको गोली पिठ्युमा प्वाल बनाएर निस्कीएको छ।
प्रत्यक्षदर्शीहरुका अनुसार दुबै भाई मंगलबार दिउसो धनगढी नगरपालिकाको वडा नं ५ मा पर्ने लबलीचोक नजिकै एक मोटरसाईकलमा गइरहेको र पछाडि बसेका भाई दिनेशले पेस्तोलले दाईको छातीमा गोली हानेका थिए।
भारतको उत्तराञ्चल राज्यको नम्बर भएको बजाजको प्लाटीना मोटरसाईकल चलाई रहका दाईलाई गोली हानेपछि, कुमारले त्यो मोटरसाईकल चलाएर फरार भएको प्रहरीले जनाएको छ। स्थानीयवासिले समात्न खोज्दा पेस्तोल देखाएपछि पक्रिन नसकेको प्रत्यक्षदर्शीले बताएका छन्।
भारतको रुद्रपुरमा बस्दै आएका कुमार र धनगढीमा डेरा गरी बस्दै आएका दिनेशबीच लामो समयदेखि अंश सम्बन्धी विवाद भईरहेको र एकले अर्कोलाईमा मारिदिने धम्की दिदै आएको आफन्तहरुले बताएका छन्।
गएको चैतमा मृतकका बुवा खेमसिह बोहराको पनि २६ दिनपछि शव भेटिएको थियो । अंश सम्बन्धी विवादकै कारण बुवाको समेत हत्या गरिएको आफन्तहरुले अनुमान लगाएका बेला फेरि अर्को अर्को हत्या भएको हो।
तीन भाईरहेका उनीहरुको सबैभन्दा जेठो दाजु अपांग रहेका र यी दुबैमा अंश सम्बन्धी विवाद हुदै आएको थियो।प्रहरीले फरार रहेका दिनेशको खोजीका लागि कैलाली र कञ्चनपुरको सीमा क्षेत्रका प्रहरीलाई हुलीया सहित जानकारी पठाएको बतायो।
शसस्त्र प्रहरी र नेपाल प्रहरीको सादा पोषाको टोली पनि हतियार सहित सीमा क्षेत्रमा खोजबीनका लागि पठाईएको कैलालीका प्रहरी उपरिक्षक विक्रिम बहादुर चन्दले भने।