गर्भावस्थामा साबुन खाने महिला, जसले हप्तामै दुइ किलो साबुन खान्छिन्

0 18

प्रायः गर्भवती भएपछि महिलाहरुको खानपिनको आनीबानी तथा शोखमा परिवर्तन आएको देख्न र सुन्न पाइन्छ । यस्तो समयमा महिलाहरुले अमिलो चिज खान रुचाउँछन् । तर यो दुनियामा एकजना यस्ती महिला पनि छिन् जसले गर्भवती भएसँगै साबुन हसुर्न थालेकी छिन् ।

दुइ बच्चाको सन्तान बन्न लागेकी बेलायतकी जेस गेफोर्ड नामकी महिलामा गर्भवती भएसँगै यो अनौठो बानीको विकाश भएको हो । २६ वर्षकी गेफोर्डले पहिलो गर्भावस्थामा पनि साबुन खाने गरेकी थिइन् ।

डेलीमेलका अनुसार उनले हप्तादिनमा २ किलोसम्म साबुन खान्छिन् । यसमा डल्लो साबुन तथा स्याम्पु समेत संलग्न हुन्छन् । उलाई डभ ब्राण्डका साबुका तथा स्याम्पु निकै मन पर्छ ।

गर्भावस्थामा आमाले साबुन जस्ता हानिकारक चिजहरु खाँदा गर्भमा हुर्किरहेको बच्चालाई नकारात्मक असर पुग्नसक्छ । तर गेफोर्डको हकमा भने साबुन नियमित भोजन जस्तो बनेकेा छ र साबुनले उनी आफैलाई तथा आफ्नो बच्चालाई कुनैपनि असर गर्दैन । पहिलो बच्चा पनि उनले स्वस्थ जन्माएकी थिइन र दोश्रो बच्चा पनि स्वस्थ रुपमा हुर्किरहेको छ ।preg women (3)

उनका पति ली टि्रंबी पनि आफ्नी श्रीमतीको यस्तो बानीका कारण आश्चर्यमा छन् । पहिलोपटक आमा बन्नेबेलामा उनले साबुन खान थालेपछि लीलाई चिन्ता लाग्न थालेको थियो । तर श्रीमतीले साबुन खानुका बाबजुत पनि स्वस्थ बच्चा जन्माएपछि भने उनी ढुक्क भए । उनीहरुको पहिलो बच्चा पाँच वर्षको भैसकेको छ भने एक महिनापछि दोश्रो बच्चा जन्मिनेवाला छ ।

डाक्टरहरुका अनुसार ती गेफोर्डले गर्भावस्थामा साबुन खाने त्यस्तो बानी इटिङ डिसअर्डर अर्थात् खानपान विकृती हो । गर्भावस्थामा महिलाको सरीरमा कतिपय लवणहरुको कमी हुने र त्यस्तो कमीका कारण महिलालाई तलतली लागेर ढुंगा, माटो, कोइला तथा धुलो लगायतका अखाद्य पदार्थ समेत खाने गर्दछन् ।

preg women (1)