मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मला रहिनन्

0 5
काठमाडौं :  मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको ८१ वर्षको उमेरमा भारतको कोलकातामा मंगलबार निधन भएको छ ।
नोबेल शान्ति पुरस्कार विजेता मदर टेरेसाको  सन् १९९७ मा निधन भएपछि सिस्टर निर्मला अर्थात निर्मला जोशी सन् २००९ सम्म परोपकारी संस्था मिसिनरिज अफ च्यारिटीको प्रमुख भएकी थिइन् ।
पश्चिम ब‍ंगालकी मूख्यमन्त्री ममता बनर्जीले सिस्टर निर्मलाको मंगलबार मध्यराति निधन भएको पुष्टि गरेकी छिन् । सिस्टर निर्मलाको मंगलबार १२ बजेर ५ मिनेटमा निधन भएको हो ।
‘मदर टेरसाद्वारा स्थापित मिसिनरिज ट्रस्टकी प्रमुख सिस्टर निर्मला अब यो दुनियाँमा रहिनन्’, बनर्जीले ट्विट गर्दै भनेकी छन्, ‘यो विश्वले उनलार्इ सधैँ सम्झिरहनेछ ।’
सन् १९३४ जुलार्इ २३ मा नेपालको स्याङ्जा जिल्लामा जन्मेकी सिस्टर निर्मला भारतीय सेनामा रहेका बाबु महानन्द जोशीसँगै भारत गएर १७ वर्षका उमेरदेखि मदर टेरेसाको परोपकारी स‍ंस्था मिसिनरिज ट्रस्टमा सेवा थालेकी थिइन् ।
परोपकारी काम गरे वापत उनलार्इ भारत सरकारले पद्मविभुषण अवार्डबाट सम्मान गरेको थियो ।