यो हो दुनियाको सबैभन्दा अग्लो होटल, गर्नुस् भर्चुअल यात्रा (भिडियोसहित)

0 11

संयुक्त अरब इमिरेट्सको दुबइ सहर विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइका लागि मात्र प्रख्यात छैन । दुबइमा विश्वको सबैभन्दा अग्लो होटल पनि रहेको छ ।

दुबइमा रहेको दी जे डब्लु म्यारिओट माक्विर्स होटल विश्वको सबैभन्दा अग्लो होटेल हो । जमिनको सतहबाट ३ सय ५५ दशमलब ३५ मिटर अग्लो छ यो होटल ।

यो होटलको पुरानो नाम इमिरेट्स पार्क टावर्स होटल एण्ड स्पा हो । यो होटलमा जुम्ल्याहा भवन छन् र दुबैमा ७७ तल छन् । जुम्ल्याहा भवनमध्ये पहिलो ११ नोभेम्बर २०१२ देखि संचालनमा आएको थियो ।

दुबै भवनमा गरी १६ सय ८ वटा कोठा छन् र होटल भित्र र बाहिर गरी ८ हजार स्क्वाएर मिटरको इभेन्ट स्पेस उपलब्ध रहेको छ ।

J-W-Marriott-Marquis-Dubai_tcm25-380932

यो पाँचतारे होटेलमा चारवटा प्रेसिडेन्सियल सुट, एउटा ब्यांक्वेट हल, एउटा अडिटोरियम, १८ वटा पसल तथा १९ वटा रेस्टुराँ र एउटा स्पा रहेको छ ।

आर्किटेक्ट अशोक कोर्गाओंकरले डिजाइन गरेको यो होटलका पहिला दुइ तलामा लंग बार, रेष्टुरेन्ट रहेको छ भने छैटौँ र सातौँ तलाको बीचमा स्विमिङ पूल रहेको छ ।

यो होटेलले दुबइको १ हजार ९३ फिट अग्लो रोज टावर होटेलको किर्तिमान तोडेको छ । गिनिज बुकले तयार पारेको यो भिडियोमा यो होटलभित्रको यात्रा तथा यो अद्वितीय जुम्ल्याहा किर्तिमानी गगनचुम्बी होटल कथा समावेश छ ।