प्रेमिकासँग पारसको फेसबुकमा जुहारी

0 5

मेरो प्रेमिकालाई मेरो परिवार छ भन्ने थाहा थियो : पारस
काठमाडौं : पूर्व युवराज पारस शाहले पछिल्लो पटक संचारमाध्यममा आफ्ना बारेमा आएको समाचारको खण्डन गरेका छन् ।  सामाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै उनले आफूविरुद्ध आएका समाचारको खण्डन गरेका हुन् ।

Capture7

थाइल्याण्डमा रहेकी उनकी प्रेमिका कन्निकाले पारसको नेपालमा परिवार छ भन्ने कुरा आफूलाई थाहा नभएको समाचार संचारमाध्यममा आएपछि उनले त्यसको खण्डन गरेका हुन् ।  उनले भनेका छन्, ‘विदेशी संचारमाध्यममा मेरा बारेमा पटक पटक समाचार आउँदा र ४ वर्ष सँगै बस्दा परिवारको बारेमा थाहा छैन भन्नुमा कुनै सत्यता छैन् ।’   साथै उनले आफ्नो चरित्र हत्या गर्ने प्रयास स्वरुप समाचार आएको पनि दाबी गरेका छन् ।
पारस विवाहित हुन् भन्ने थाहा थिएन : कन्निका
Parsh gf from Thailand
यसअघि थाई प्रेमिका कन्निका चाइयर्सनले पूर्व यूवराज पारस साह विवाहित हुन्न् भन्ने आफूलाई थाहा नभएको पारसको बताएकी थिईन्। आफूलाई पारसबारे मात्रै थाहा भएको र नेपालीहरुसँग पनि चिनजान नभएकाले उनी विवाहित हुन् भन्नेसमेत आफूलाई थाहा नभएको उनको दाबी छ ।
केहि पहिलेमात्रै पारस आफ्नो श्रीमान भएको भन्दै फेसबुक मा लेख्ने चाइयर्सनले अहिले सबै कुरा थाहा भएको भन्दै नेपाली जनतासँग माफी मागेकी हुन् । उनले नेपालका युवराज जस्तो मान्छे र विवाहित भएको नेपालीहरुमार्फत थाहा पाएको जनाउँदै क्षमायाचनासमेत मागेकी हुन् । कन्निकाले शनिबार साँझ सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘नेपालमा कोही पनि चिनजानका मान्छेहरु नहुँदा पारस पूर्व युवराज र विवाहित हुन् भन्ने थाहा भएन, त्यसका लागि म सबैसँग माफी माग्न चाहन्छु ।’
कन्निकाले घुमाउरो शैलीमा सबै कुरा थाहा पाएपछि पारसलाई छाडेको समेत बताउँदै उनले आफू कसैको मजाकको मात्र नभई सिधा केटी भएको बताएकी छन् । ‘म सिधा केटी हुँ, अरुको लागि मजाक बन्न चाहन्न’, उनले भनेकी छन्, ‘पारस नाम गरेको व्यक्ति जो नेपालको हुनुहुन्छ, उनी तपाईहरुको पूर्व युवराज भन्ने सम्म पनि थाहा थिएन ।’