४ सय १२ किलोका पुरुषको ३३ वर्षमै मृत्यु

0 13
लण्डन :  ४ सय १२ किलोग्राम तौल  भएका  एक बेलायती नागरिकको अत्याधिक मोटोपनको कारण ३३ वर्षको उमेरमै मृत्यु भएको छ।
अनियन्त्रित रुपमा मोटाउँदै गएका कार्ल थम्पसन नामका ती पुरुषले दैनिक १० हजार क्यालोरी खानाको माध्यमबाट लिँदै आएका थिए ।
मोटोपनका कारण आइतबार अल्पायूमै ज्यान गुमाएका थम्पसनको शव घरभित्रबाट निकाल्न प्रहरी, एम्बुलेन्स र दमकलको टोलीलाई घन्टौ‍ लागेको थियो ।
अत्याधिक खाना खान रुचाउने थम्पसनलाई तौल घटाउन परिवारले गरेको आग्रह अस्वीकार गर्दा अन्तत: उनले ज्यान नै गुमाउनु परेको बताइएको छ ।