सुर्दशनलाइ १५ दिने अल्टिमेटम

0 8

समाचार लेखेकै भरमा रंगपत्रकार  श्यामसुन्दर गीरीलाइ अश्लिल शव्द सहित ज्यान मार्ने धम्कि दिइएकोमा कलाकार सुर्दशन गौतमलाइ चलचित्र पत्रकार संघले १५ दिन भित्र माफ माग्न अल्टिमेटम दिएको छ ।

चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय को अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । चलचित्र पत्रकार संघको सदस्य समेत रहेका पत्रकार गिरीलाइ हाल अमेरीकामा रहेको गौतमले धम्कि दिएका हुन्। ‘भूकम्प पिडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार’ शिर्षकमा फिल्मीबजार डट कम मा प्रकाशित गरिएको गसीप समाचारकै आधार मानेर सुदर्शन गौतम ले पत्रकार गीरीलाई मारेर फाल्ने भनी अश्लिल शब्द वोल्दै धम्की दीएको, समाचार संस्था एवं समाचार तथा संचारकर्मीको धावा बोलेको, पटक पटक चलचित्र पत्रकार संघको नाम समेत उल्लेख गरी संघको सदस्य समेत बाट निश्काशन गरीदीने भनी गैर कानुनी शब्द र व्यवहार देखाएको जस्ता कारणले उनको गल्ती अक्षम्य मान्दै चलचित्र पत्रकार संघ सुदर्शन गौतम प्रति खेद व्यक्त गरेकाे छ । कसैले समाचार लेखेकै कारण आफुलाई चित्त नबुझेमा कानुनि प्रकृया हुादाहुादै गौतमले कानुनकै उल्लङ्गन गरेकाले उनलाई माफी माग्न १५ दीने अल्टीमेटम समेत दीइएको हाे ।

। चलचित्रमा अभिनय गर्नूका साथ अन्य सामाजिक प्रतिष्ठा समेत प्राप्त व्यक्ति सुदर्शन गौतम बाट यस्तो प्रकृया अपनाइनु निर्लज्जताको पराकाष्टा समेत भएको संघको ठहर छ । संघले दीएको अल्टीमेटम भित्र उनले आफ्ना शब्द फिर्ता लिई माफी नमागेमा उनलाई वहिस्कार सम्म गर्न सकिने छ । यसैले यथासिघ्र माफि मागी प्रेसको मर्यादा राख्न र पत्रकार माथीको सम्मान कायम गर्न गौतमलाई संघ आग्रह गर्दछ । चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको बैठकले यस किसिमको निर्णय गरेको महासचिव सन्दिप सापकाेटा द्धारा जारी बिज्ञप्तीमा उल्लेख छ  ।