चीनमा काटियो हजरौं कुकुर (फोटो फिचर)

0 5
एजेन्सी : विश्वभर योग दिवस मनाइरहेका बेला चीनमा हजारौं कुकुर काटेर ‘डग मिट फेस्टिभल’ मनाइएको छ ।

जुन २१ मा अन्य संसार योग दिवस र फादर्स डेमा रमाइरहँदा चिनियाँ भने कुकुरको मासु खान ब्यस्त भएका हुन् । चीनमा हरेक वर्ष जुन २१ मा मासु खानका लागि पर्वकै रुपमा कुकुर र बिरालो मारेर मासु खाने परम्परा छ ।

चीनको ग्वाङ्ग्सी प्रान्तको युलिन शहरमा आयोजित हुने यूलिन डग मिट फेस्टिभल अगाडि कुकुर बिरालोलार्इ मार्नुभन्दा अघि पिंजडामा कैद गर्ने गरिन्छ ।

 
युलिन शहरमा २१ जुनमा डग मिट फेस्टिभललार्इ सफल बनाउन कयौं समूहरु एक वर्षअघिबाटै सक्रिय हुन्छन् । यो फेस्टिभलका लागि चीनका विभिन्न स्थान र सडकका कुकुरसमेत उठाइन्छ । घरमा पालिएका कुकुर पनि चोरेर लाने गरिन्छ ।

चोरिएका र सडकबाट उठाइएका कुकुर पिंजडामा हालेर ग्वाङ्ग्सी प्रान्तमा लगिन्छ । पिंजडामा कुकुर विरालालार्इ भोकभोकै राखेर दुब्लो पारिन्छ ।

पिंजडामा राखिएका हजारौं कुकुर बिरालालालर्इ फेस्टिभलमा मासुका लागि काटिन्छ । ग्वाङ्ग्सी सहर कुकुर बिरालोका लागि नर्क भन्दा कम छैन ।

अधिकारकर्मी र जनावर प्रेमीहरुको चर्को विरोधका बावजुद फेस्टिभलमा यो पटक पनि १० हजार कुकुर र ४ हजार बिराला काटिए ।
 
सन् १९९० बाट शुरु भएको डग मिट फेस्टिभलमा हरेक वर्ष कुकुर बिरालाको सामुहिक हत्या हुने क्रम जारी छ । यहाँ अन्य जनावारलार्इ पनि मार्ने गरिन्छ ।

– See more at: http://www.annapurnapost.com/News.aspx/story/13759#sthash.uQie05tJ.vdThHe5M.dpuf