यी हुन् एसएलसी पास नगरिकनै चर्चित भएकाहरु

0 13

काठमाण्डु, ६ असार– फलामे ढोकाको रुपमा लिइने एसएलसी परीक्षालाई निक्कै महत्वका साथ हेरिन्छ । उच्च शिक्षाका लागि प्रवेशद्वारका रुपमा पनि लिइने एसएलसी सबैका लागि भने महत्वपूर्ण नहुँदो रहेछ । एसएलसीको खुड्किलो पार नगरी पनि आ–आफ्नो क्षेत्रमा नाम कमाउनेहरु धेरै छन् ।

Rishi-Dhamala-Reporters-Club-Nepal-Presidentचर्चा र विवादमा परिरहने पत्रकार ऋषि धमलादेखि चर्चित फिल्म नायिका रेखा थापासम्मले एसएलसी पास गरेका छैनन् । पत्रकार धमला १४ वर्षको उमेरमै पत्रकारीतामा आए, उनले पढ्नै भ्याएनन् ।

rekha_thapa_20141010092742नायिका थापाले पनि पढाईमा रुचि नभएपछि कलाकारीतामा संघर्ष गरिन् सफल पनि भइन् ।

अर्का फिल्म नायक धिरेन शाक्यले पनि एसएलसी पास नगरेको बताइन्छ ।

45569dhiren-shakyaनायिका करिष्मा मानन्धरको पनि औपचारिक पढाई कक्षा ८ सम्म मात्रै हो । उनले यो तथ्य एक टेलिभिजन अन्तवार्ताका क्रममा खोलेकी थिइन् । तर करिष्माले आफुलाई चाहिँने ज्ञान अनौपचारिक ढंगबाटै लिइन् ।

130425_040649karishma-26 औपचारिक अध्ययनमा उनी सफल हुन नसके पनि कलाकारीतामा भने जमिन् ।

राजनीतितर्फ जाने हो भने प्रधानमन्त्री सुशील कोइरालाले  एसएसली पास गरे,नगरेको एकीन छैन । उनले संसद सचिवालयमा पेश गरेको व्यक्तिगत विवरणमा शैक्षिक योग्यता लेखेका छैनन् । कांग्रेस निकट पुराना मानिसहरुका अनुसार उनले सुरु सुरुमा कसैले अध्ययनबारे सोधि हाल्यो भने स्वअध्ययन भन्ने गर्थे । केहीले प्रधानमन्त्री कोइरालाले एसएलसी गरेको पनि भन्ने गर्छन् ।

amrit_bohora_UML-300x215 (1)नेकपा एमालेका नेता अमृत बोहोराको औपचारिक अध्ययन पनि १० सम्म मात्रै हो ।

एसएलसी पास नगरेको वा गर्न नसकेकाहरुको खोजी संविधानसभामा गर्ने हो भने धेरै पाउन सकिन्छ । संविधान निर्माण गर्ने तहमा पुगेका धेरैले एसएलसी पास गरेका छैनन् । केही त साक्षर मात्रै छन् ।  एमाले दैलेखका सभासद् अम्मरबहाुदुर थापा, रोल्पाबाट कांग्रेसका सभासद अमरसिंह पुन, तमसपा सर्लाहीकी अमेरिका कुमारी, धनुषाबाट तमलोपाकी इन्द्रा झा, धनुषाबाटै संघीय समाजवादीका उर्मिलादेवी साह, मोरङका एमाले सभासद चन्द्रबहादुर गुरुङलगायत धेरैको छन् ।

takebahadur-gurungश्रम राज्यमन्त्री टेकबहादुर गुरुङको पनि औपचारिक अध्ययन १० कक्षासम्म मात्रै हो । संसदसचिवालयलाई बुझाएको विवरणमा उनले शैक्षिक योग्यता लेखेका छैनन् ।

dilshobhaएसएलसी पास नगर्दै पनि चर्चित र सफल हुनेमा समाजसेवी दिलशोभा श्रेष्ठ पनि हुन् ।

त्यस्तै एमालेबाट अघिल्लो संविधानसभामा सभासद् रहेकी शान्ता चौधरीले पनि एसएलसी पास गरेकी छैनन् । चौधरी अहिले कक्षा ८ मा अध्ययन गर्न विद्यालय भर्ना भएकी छिन् ।

Shanta-Chaudhary1पुर्वकमलरी रहेकी चौधरीले आफ्नै जीवनका संघर्षहरु समेटेर शान्ता चौधरी नामक किताब पनि लखेकी छिन् ।