बंगलादेशसँग भारत फेरि पराजित

0 11

७ असार, काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा बंगलादेशले भारतलाई ६ विकेटले पराजित गरेको छ । यससँगै बंगलादेशले तीन म्याचको सिरिज २–० ले आफ्नो पक्षमा पारेको छ ।

मीरपुरमा भारतले प्रस्तुत गरेको २०० रनको लक्ष्य बंगलादेशले ३८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । भारतले २०० रन बनाएको भएपनि वर्षाका कारण ४७ ओभरमा झारिएको थियो भने डीएल मेथडका आधारमा बंगलादेशले २०० रनको लक्ष्य पायो ।

बंगलादेशका सकिब अल हसनले अविजित ५१ रन बनाए । सौम्य सरकारले ३४ र लिट्टन दासले ३६ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङगरेको भारतले ४५ ओभरमा सबै विकेट गुमाएर २०० रन बनायो ।

भारतका शिखर धवनले ५३ र कप्तान महेन्द्र सिंह धोनीले ४७ रन बनाए । सुरेश रैना ३४, विराट कोहलदी २३ रनमा पभेलियन फर्किए ।

ओपनर रोहित शर्मा, अम्बाती रायडू र अक्षर पटेलले खाता नै खोल्न सकेनन् । बंगलादेशका तीव्र गतिका बलर मुस्तफिजुर रहमानले भारतीय पारी तहसनहस पारे । उनले ४३ रन दिएर ६ विकेट लिए ।

पहिलो एकदिवसीयमा मुस्तफिजुर रहमानले ५ विकेट लिएका थिए, जुन खेलमा बंगलादेश ७९ रनले विजयी भएको थियो ।