अर्जेन्टिनाले कोलम्बिया प्रतिद्वन्द्वी पायो

0 5

७ असार, काठमाडौं । पेरुसँगको गोरहित बराबरीपछि पनि कोलम्बिया कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

खेलमा कोलम्बियाका जेम्स रोड्रिग्वेज र राडामेल फल्काओ गोल गर्न असफल रहे । तर, अर्को खेलमा ब्राजिलले भेनेजुएलालाई २–१ ले पराजित गरेपछि बराबरीले पनि कोलम्बियाको भाग्य खुल्यो ।

बराबरीपछि पेरु ३ खेलबाट ४ अंकका साथ समूह सीको उपविजेता बनेको छ । उसले क्वार्टरफाइनलमा बोलिभिया प्रतिद्वन्द्वी पाएको छ ।

समान ४ अंक भएपनि गोल अन्तरका आधारमा तेस्रो स्थानमा रहेको कोलम्बिया  पनि नकआउट चरणमा पुगेको छ ।

कोपा अमेरिकामा तीन समूहका शीर्ष दुईका अतिरिक्त तेस्रो स्थानका दुई शीर्ष टीम क्वार्टरफाइनलमा पुग्छन्, जस अन्तरगत कोलम्बिया र उरुग्वले नक आउट चरणमा स्थान बनाएका छन् ।

अब कोलम्बियाले क्वार्टरफाइनलमा उपाधिको प्रमुख दावेदार अर्जेन्टिनाको सामना गर्नेछ । लिओनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना समूह बीको विजेता हो ।

अर्को क्वार्टरफाइनलमा चिली र उरुग्वे तथा ब्राजिल र पाराग्वे भिड्ने भएका छन् ।