धादिङको पिडा गाउँमा फेरि विशाक्त खानाको पीडा विषालु ढिँडो खाँदा एकै परिवारका चार गम्भीर विरामी

0 6

७ असार, धादिङ । जिल्लाको पीडा गाविसमा वडा नम्बर ८ काउकाईमा विशाक्त खाना खाँदा एकै परिवारका चार जना गम्भीर बिरामी परेका छन् ।

आइतबार अपरान्ह खाना खाने क्रममा विषाक्त मकैको ढिँडो र गुन्द्रुक खाँदा एकै परिवारका ८५ वर्षीया लाल वहादुर तामाङ, १५ वर्षीया नातिनी नक्कली तामाङ, वर्षीया सानी माया तामाङ र ४० वर्षीय सुन वहादुर तामाङ गम्भीर विरामी भएका थिए ।

उनीहरुलाई उपचारका लागि मनमोहन मेमोरिय मेडिकल कलजेमा स्वउम्भूमा ल्याइएको छ । अहिले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालका प्रशासकीय अधिकृत नवराज रुपाखेतीले जनाएका छन् ।

बिरामीमध्ये लाल व. तामाङको अवस्था चिन्ताजनक छ भने बाँकीको सुधारउन्मुख रहेको छ । गत फागुनमा पनि सोही गाउँमा विषाक्त गहुँको रोटी सेवनबाट ६ जनाको मृत्यु भएको थियो ।