अफगानी संसद भवनमा बम आक्रमण

0 8
एजेन्सी : अफगानिस्तानको संसद् भवनमा सोमबार बिहान बम आक्रमण भएको छ ।

संसद् भवन परिसरमा एकसाथ बम र गोली बर्साइएको हो । बम गोली बर्साइएपछि अफगानी संसद परिसरमा आगो लागेर धुवाँ निस्केको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमण संलग्न र आक्रमण गर्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन । घटनामा भएको मानवीय क्षतिबारे बिबरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानी संसद्को आजको बैठकमा मस्युम स्तानिक्जाइलार्इ रक्षामन्त्रीमा नियुक्त गर्नका लागि मतदान गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।