गोर्खामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, सबै सकुशल

June 22 2015 07:01

७ असार, गोर्खा । गोर्खाको साम्दोमा सिम्रिक एयरको हेलिकोप्टर सामान्य दुर्घटनामा परेको छ । हेलिकोप्टरमा सवार सबै सकुशल छन् ।

भूकम्प पीडितहरुका लागि औषधि र स्वास्थ्यकर्मी लिएर काठमाडौंबाट साढे ९ बजे हेलिकोप्टर गोर्खाको साम्देका लागि उडेको थियो ।

हेलिकोप्टर अवतरण गर्दा ढुंगा उछिटि्टएर पछाडिको भागमा लागेको र सामान्य क्षति भएको सिम्रिक एयरका सिफ्ट म्यानेजर डिबी वलीले अनलाइनखबरलाई जानकारी दिए ।

‘अवतरण गर्दा सामान्य दुर्घटना भएको जानकारी आएको छ, सबै जना सकुशल हुनुहुन्छ,’ वलीले भने, ‘थप जानकारी आउने क्रममा छ ।’

उनले दुर्घटनास्थलमा प्राविधिक टोली पठाइसकेको र परीक्षणको काम भैरहेको जानकारी दिए ।

हेलिकोप्टरमा एक जना पाइलटसहित ४ जना सवार थिए ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top