उपत्यकामा निर्माण सामग्री उद्योग स्थापना गर्न पाइने

0 9

भूकम्पपछिको पुनर्निर्माणमा ठूलो परिणामको निर्माण सामग्री चाहिने भएकाले उद्योग खोल्न दिने निर्णय गरिएको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए ।

औद्योगिक प्रवर्द्धन बोर्डको २१५ औं बैठकले काठमाडौ उपत्यकाको नगरपालिकामा उद्योग खोल्न दिने निर्णय गरेको नागरिक दैनिकमा खबर छ । यसअघि नगरपालिकाभित्र नयाँ उद्योग खोल्ने अनुमति थिएन ।

अब निर्माण सामग्री उत्पादन गर्ने उद्योग रिङरोड बहिर खोल्न पाइन्छ । शीघ्र पुनर्निर्माण गर्नुपर्ने अवस्था भएको र भूकम्प प्रतिरोधी भौतिक संरचना तयार गर्दा आवश्यक पर्ने पि्रफेबिकेसन, सिमेन्ट ब्लक, स्टिल, स्ट्रक्चर तथा मेटल प्यानलजस्ता निर्माण सामग्रीको माग बढेकोले यसको आपूर्ति सहज बनाउन सरकारले यो कदम चालेको हो ।

उपत्यकाको नयाँ नगरपालिकामा सबै खालका उद्योग स्थापना गर्न दिने निर्णय भएको पनि मन्त्री बस्नेतले जानकारी दिए । औद्योगिक प्रवर्द्धन बोर्डले लगाएको बन्देज काठमाडौ उपत्यकाको हकमा संशोधन गर्दै सबै खालका उद्योग खोल्न दिने निर्णय गरिएको हो ।