फेरि नगरपालिका घोषणा गर्ने तयारी, कुन कुन हुँदैछ नयाँ नगरपालिका

0 9

७ असार, काठमाडौ । सरकारले फेरि नयाँ नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । गत मंसिर १६ गते विवादका कारण घोषणा हुन नसकेका पाँच वटा नगरपालिका र सहरी विकास कार्यक्रम लाग भएका कही सहरलाई नगरपालिका घोषणा गर्ने तयारी गरेको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत जेठ २५ गते नगरक्षेत्र निर्माण प्राविधिक समिति निर्माण गरी केही नयाँ नगरपालिका थप गर्न लागेको हो ।

पूर्वाधारबिना नै नगरपालिका घोषणा गरियो भन्ने आलोचनाबीच सरकारले फेरि केही नगरपालिका थप गर्न लागेको गोरखापत्रमा खबर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव लक्ष्मी पाण्डे हाल निर्माण भएको प्राविधिक समितिले यसअघि विवादका कारण घोषणा हुन नसकेका र सहरी विकाश कार्यक्रम लागू भएका जिल्लाका सहरउन्मुख क्षेत्रलाई नगरपालिका घोषणा गरिने बताए ।

यसअघि विवादका कारण घोषणा हुन नसकेका ललितपुरको बज्रबाराही, स्याङ्जाको गल्याङ, बर्दियाको बबई, तनहुँको भानु र भीमाद रिसिङलाई विवाद मिलाउँदै नगरपालिका घोषणा गरिनेछ ।