सुरु भयो रोपाइँ (फोटो फिचर)

0 22
पोखरा: असार लागेसँगै किसानलाई रोपाइको चटारोले छोएको छ । मानो रोपेर मुरी उब्जाउने यो समयमा दिनभर खेतमै व्यस्त हुन थालेका छन् ।
त्यसो त बर्षमा एकपटक खेतमै भात खाने चलन अनुसार पनि खेतला, हली, बाउँसे खेतमै खाना खाएर रमाउछन् ।  असार १५ को रौनक झन बेग्लै हुन्छ ।

वर्षमा एकपटक हिलोमा पसेर धान रोप्नुपर्छ भन्ने परम्परागत मान्यता अनुसार अरु बेला हिलोबाट भाग्नेहरु  पनि असार १५ मा हिलोमा रमाउँदै धान रोप्न खेतमा आउँछन्। कृषि प्रधान देश नेपालमा असार १५ लाई सरकारले धान दिवसको रुपमा पनि मनाउदै आएको छ ।  पोखराको सिचाई सुबिधा भएका र पानी नटुट्ने सिम क्षेत्रमा रोपाईको चटारो सुरु भई सकेको छ ।