एयरपोर्टबाट चरेससहित दुर्इजना समातिए

0 11
काठमाडौं : त्रिभुवन विमानस्थल प्रहरीले दुर्इजनालार्इ चरेससहित आइतबार साँझ पक्राउ गरेको छ ।
कतार एयरवेजको जहाजबाट दोहा ट्रान्जिट हुँदै स्वीट्जर्ल्यान्ड जाने तयारीमा रहेका एक नेपाली र एक स्वीस नागरिकलार्इ दुर्इ किलो चरेससहित पक्राउ गरिएको विमानस्थल प्रहरी प्रमुख डिआर्इजी विजयलाल कायस्थले बताए ।
चरेससहित पक्राउ पर्नेहरुमा नेपाली युवती कल्पना र स्विस राहदानीबाहक बिट पेर्लेर रहेका डिआर्इजी कायस्थले जानकारी दिए ।
दुर्इ किलो चरेस च्यवनप्रासको बट्टामा हालेर लान लागेको अवस्थामा प्रहरीबाट उनीहरु समातिएका हुन् । उनीहरु दुबैलाई अनुसन्धान र कारबाहीका लागि विमानस्थल प्रहरीले लागूऔषध नियन्त्रण ब्युरोलार्इ जिम्मा दिएको छ ।