रसियामा दुई हवाइजहाज अपहरित

0 9

काठमाडौं :  रसियामा आइतबार दिउँसो दुईवटा यात्रु जहाज अपहृत भएका छन् ।

आइतबार दिउँसो दुईवटा साना यात्रुबाहक जहाज अपहृत भएको रसियन समाचार एजेन्सी तासलाई उधृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
अपहृत भएको एउटा जहाज अवतरणका क्रममा दुर्घटनामा परेको जनाइएको छ ।

दुबै जहाज रसियाको त्योमेन क्षेत्रबाट अपहरणमा परेका हुन् । अर्को जहाजको भने हालसम्म अवस्था खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।