मोडल बन्न यूवा-यूवतीको घुँइचो(फोटो फिचरसहित)

0 12

 

वैशाख १२ गते गएको भुकम्पका कारण अडिशन सरेको ‘मोडल हन्ट नेपाल २०१५’को अडिशन सुरु भएको छ । नेक्स्ट मोडल्स नेपालले मोडलिङ पेशालाई थप व्यवसायी, मर्यादित बनाउनका लागि नेपालमै पहिलो पटक यो प्रतिस्पर्धाको आयोजना गर्न लागेको हो ।

शनिबार भएको अडिशनमा काठमाण्डौ र यसको आसपासमा रहँदै आएका २ सय ५० यूवायूवतीको सहभागीता थियो । डिजाइनर विश्व गौतम, कोरियोग्राफर रोजिन शाक्य, ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठ, कलाकार तथा डाक्टर आयुष्मान घिमिरे, सागर गुरुङ, मोडल बिष्णु अर्याल र फोटोग्राफर विकास राना अडिशनमा मुल्यांकनकर्ताको रुपमा थिए ।

उनीहरुले अडिशनबाट तालिम चरणका लागि केही प्रतिस्पर्धी छानिने बताएका छन् । अब, अर्को अडिशन काठमाण्डौमा नै असार १९ मा हुनेछ । भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशमा चर्चित भैसकेको यो प्रतियोगीता पहिलो पटक नेपालमा हुन लागेको हो ।

१६ देखि २८ बर्ष भित्रका यूवा तथा यूवतीले यो प्रतिस्पर्धाका लागि भाग लिन सक्नेछन् । प्रतियोगीतामा शिर्ष विधा सहित अन्य आधा दर्जन विधाका विजेतालाई पुरस्कृत गर्ने आयोजकले बताएको छ । विजेताले १ लाख नगद, नायक तथा नायिका बन्ने अवसर, म्यूजिक भिडियो र विज्ञापनमा अभिनय गर्ने अवसर पाउनेछन् । साउन २३ गते काठमाण्डौमा यसको अन्तिम प्रतिस्पर्धा हुनेछ । next-model-1 next-model-2 next-model-3 next-model-4next-model-5