गोलभेडाभित्र सिमकार्ड राखेर जेलभित्र पठाइयो

0 4
काठमाडौं : जेलमा रहेका थुनुवालाई गोलभेडा भित्र सिमकार्ड राखी पठाउने निमेश कपालीलाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध मुद्धामा केन्द्रीय कारागार अन्तर्गत भद्रगोल जेलमा रहेका नाईजेरियन नागरिकलाई कपालीले भेट्न आएको बहानामा शनिबार गोलभेडा काटी नमस्तेको सिमकार्ड राखेर भित्र पठाउन लागेका थिए।
प्रहरीले कारागारको गेटमा शंकालागेर शरीर खानतलासी गर्दा गोलभेडा भित्र नमस्तेको सीमकार्ड लुकाएको अवसेथमा फेला पारेको थियो। को अवस्थामा प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।