अविवाहित छोरी गर्भवती भएपछि……….

0 9
एजेन्सी : गाउँकै युवासँग प्रेमसम्बन्धमा रहेकी छोरी गर्भवती भएको थाहा पाएपछि एकै परिवारका चारजनाले बाँधमा हामफालेर आत्महत्या गरेका छन् । भारतको मध्यप्रदेश राज्यस्थित भोपाल निवासी एकै परिवारका सदस्यले शुक्रबार बिहान आत्महत्या गरेका हुन् ।

यो घटना घटना सहडोल जिल्लाको गोहपारू प्रहरी कार्यालय अन्तर्गतको मलमाथर गाउँमा बिहीबार भएको हो । एकै परिवारका चारजनाले बाँधमा हामफालेर ज्यान गुमाएको खबर शुक्रबार पाएको थियो ।

बाबुआमा र दाजुदिदीसँगै आत्महत्या गर्न बाँधमा हामफालेका यो परिवारका १५ वर्षीय किशोर भने बाँच्न सफल भएका छन्। बाँधमा डुबेर आत्महत्या गर्नेमा उनका बाबुआमा, दिदी र भाइ रहेका छन् ।

प्रहरीका अनुसार खेतबारीमा मजदुरी गरी गुजारा चलाउँदै आएको आदिवासी परिवारकी १९ वर्षीया छोरी बिहै नै नगरी गर्भवती भएकी थिइन् । गाउँकै एक युवासँग उनको प्रेम सम्बन्ध रहेको थियो । युवतीसँग प्रेम गर्दै आएका भीमसेन नामका युवाले बिहे गर्न नमानेपछि यो डरलाग्दो घटना भएको हो ।

आफूसँगको शारीरिक सम्बन्धपछि गर्भवती भएकी युवतीसँग भीमसेन सिंहले बिहे गर्न नमानेपछि बेइज्जती भएको भन्दै युवतीका बाबुआमाले मर्ने निर्णय गरेका थिए ।

भारतमा सनसनी मच्चाएको यो घटना बिहीबारको रात गुज्रेपछि शुक्रबार बिहान एक बजे भएको हो । यो घटनामा ज्यान गुमाउनेहरुमा ४५ वर्षीय पिता रामभारत सिंह, उनकी पत्नी ४२ वर्षीय प्रेमबाई १४ वर्षीय छोरा विनोद सिंह र गर्भवती १९ वर्षीया छोरी रहेका छन् ।

उनीहरुसँगै बाँधमा हामफालेका १५ वर्षीय छोरा सन्तोष सिंहले बाबुले परिवारका अरुलार्इ डोरीले बाँध्दै गर्दा भागेर ज्यान बचाएका छन् । प्राराम्भीक अनुसन्धानपछि यो हृदयविदारक घटनाको कारण छोरीको प्रेम प्रसंग रहेको निष्कर्ष भोपाल प्रहरीले निकालेको छ ।

बदनामी हुने डरले गाउँका मुखियासमेत रहेका रामभारत सिंहले यो डर लाग्दो कदम चाल्ने निर्णय लिएका थिए । पुलिसले यो घटनाको जिम्मेवारकारुपमा युवतीका कथित प्रेमी भीमसेन र उनका बाबु दौलीलार्इ गिरफ्तार गरी हिरासतमा लिएको छ ।

दुबैजना विरुद्ध प्रहरीले दुराचार र सिहं परिवारलार्इ आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा मुद्धा दर्ता गरेको छ ।

ज्यान बचाएका सन्तोषले शुक्रबार बिहान करिब ३ बजे बाबुआमासहितले बाँधमा हामफालेको खबर गाउँमा बताएका थिए । यो घटनाबारे शुक्रबार उज्यालो भएपछि गाउँ नजिकैको गोहपारू प्रहरी कार्यालयमा खबर गरिएको थियो ।

घटनाको जानकारी पाएपछि त्यहाँका प्रहरी प्रमुख सुशान्त सक्सेना र डिएसपी एसके सिंहसहितका अन्य प्रहरी अधिकारी घटनास्थल पुगेका थिए । डिएसपी एसके सिंहले भारतीय सञ्चारमाध्यमलार्इ बताएअनुसार मृतक युवतीको गाउँकै युवा भीमसेन सिंहसँग प्रेमसम्बन्ध चलिरहेको थियो ।

यो कुराको जानकारी युवतीका परिवारले थाहा पाएका थिए । परिवारले भीमसेनसँगको सम्बन्धपछि छोरी गर्भवती भएको थाहा पाएपछि बिहे गरिदिन खोजेका थिए ।

बिहेका लागि सिंह परिवारले १६ जुनमा नातागोता र समाजका अन्य सदस्यसँग कुराकानी पनि गरिसकेका थिए । बिहेको कुरा अघि बढेका बेला युवती गर्भवती भएको खबर गाउँभरी फैलन पुग्यो ।

बाँधमा हामफाल्नुअघि भागेर बाँचेका सन्तोष सिंह
गाउँभरी छोरी गर्भवती भएको हल्ला फैलिएर बेइज्जती भएको ठानेका बाबु रामभारत सिंहले पुरै परिवारको साथमा ज्यान दिनु नै उचित हुने निष्कर्श निकाले ।

बिहीबार राति उनले परिवारका सबै सदस्यलार्इ बाँधमा लगेर प्लास्टिकको डोरीले सबैलार्इ आफूसँगै बाँधे । परिवारका सबै सदस्यलार्इ डोरीमा बाँधिरहेका बेला सन्तोष भने त्यहाँबाट भाग्न सफल भए ।

तर रामभारत आफ्नी पत्नी, छोरी र कान्छो छोरोसहित २० फिट गहिरो बाँधमा हामफाले । एक बजे राति भएको घटना गाउँलेले तीन बजे बिहान थाहा पाउँदा उनीहरु सबैको ज्यान गइसकेको थियो ।

गाउँ पञ्चायत मलमाथरकी सरपञ्च झिरिया बाईका अनुसार रामभारत सिंहकी छोरीबारे १६ जुनको साँझमा गाउँमा बैठक भएको थियो । सो बैठकमा गाउँका करिब सातजना मानिस सहभागी बैठकमा युवतीका मामा अमर शाह र काका जबर सिंह पनि थिए ।


घटनास्थलमा पुगेको प्रहरी
झिरिया बाईका अनुसार युवती गर्भवती भएको घटना सुल्झाउन भएको सो बैठकले समेत निचोड निकाल्न सकेको थिएन ।  सो बैठकमा मृतक रामभारतले आफ्नी छोरीको प्रेमसम्बन्धन भीमसेन सिंहसँग रहेको जानकारी दिएका झिरिया बार्इले बताइन् ।

– Source: Annapurna Post