पाकिस्तानी फ्यानलाई डेब्यु गराउँदै रणबीर

0 10

 

मुम्बई । कट्रिना कैफसँग बिबाहको तयारीमा रहेका अभिनेता रणबीर कपुर आफ्नो पाकिस्तानी फ्यानलाई भिडियो मार्फत डेब्यु गराउने तयारीमा छन् ।

पाकिस्तानको कराँचीमा जन्मेकी मावरा पाकिस्तानी टेलिभिजन नायिका उर्वा हकिनकी बहिनी हुन् । ‘मेरे हजुर’ नाम गरेको सिरियलमा अभिनय गरेकी मावरा सन २०१३ मा भएको अवार्डमा सर्वोत्कृष्ट नायिकाको मनोनयनमा परेकी थिइन् ।

रणबीरलाई अत्याधिक मन पराउने मावराका लागि भन्दै रणबीरले सामाजिक सञ्जाल मार्फत एक भिडियो म्यासेज पठाएका थिए ।

सोही भिडियोमा फल्लाइङ किस गर्दै उनले भनेका थिए ‘हाई मावरा मै रणबीर कपुर …तिमी सुन्दरी र क्षमतावान छ्यौ मलाई आशा छ चाँडै हाम्रो भेट हुन्छ ।’