अहिलेसम्म जोडी भेटेनन् यी बलिउड स्टारले

0 14

मुम्बई । निर्मात्री एकता कपुर हालै पिता जितेन्द्रलाई लिएर रियालीटी टीभी शो ‘नाच बलिए-७’ मा उपस्थित भईन् । नच बलिएको सेटमा कम्मर मर्काएका जितेन्द्रलाई कार्यक्रम प्रस्तोताले प्रश्न गरे । यत्रो सफलता पाउनु भयो , केही इच्छा छ कि जुन कुरा गर्न पाउनु भएन ?’ जवाफमा उनले भने- ‘म एकताको बिबाह भएको हेर्न चाहन्छु ।’ उनले यो पनि भने ‘हरेक बाबु आमा आफ्ना छोरा छोरीको बिबाह भएको हेर्न चाहन्छन् ।’

जितेन्द्रको कुरा सुनिसकेपछि कस्तो बेहुलाको अपेक्षा गर्नु भएको छ भनेर एकतालाई प्रश्न गर्ने बित्तिकै उनले भनिन ‘अबिबाहित भएको भए चेतन भगतसँग बिबाह गर्ने थिएँ ।’

जितेन्द्रका दुई सन्तान छन् । एकता र तुषार । एकता ४० वर्षकी भईन् भने तुषार ३८ दुबैको बिबाह भएको छैन । बलिउडमा उमेर पुगेर पनि बिबाह नगर्ने कलाकार यी मात्रै हैनन् । अरु धेरै छन् । जसले ५० वर्ष पार गरेपनि आफ्नो जोडी भेट्टाउन सकेनन् ।

केही वर्ष पहिले दुर दर्शनवाट प्रशारित कार्यक्रम ‘शक्तिमान’ वाट राम्रै चर्चा पाएका थिए मुकेशले । अहिले उनी ५७ वर्षका भए । बी आर चोपडाको प्रसिद्ध सिरियल ‘महाभारत’ मा भिष्मपितामहको भुमिका निर्वाह गरेका मुकेशले निर्देशनको क्षेत्रमा पनि राम्रै सफलता पाएका छन् । दुःखको कुरो अहिलेसम्म उनको बिबाह भएको छैन ।

कुछ कुछ होता है, कल हो ना हो, कभी खुसी कभी गम’ लगातका फिल्म निर्देशन गरेका करण जौहरले बलिउडमा विशिष्ट स्थान बनाएका छन् । टेलिभिजन कार्यक्रम ‘कफी वीथ करण’ का सञ्चालक समेत रहेका यी निर्देशकले पनि आजसम्म श्रीमति भित्रयाउन सकेका छैनन् । उनी अहिले ४३ वर्षका भए ।

दील धड्कने दो, जिन्दगी न मिलेगी दोबारा जस्ता फिल्मकी निर्देशक जोया अख्तर पनि ४२ वर्षकी भईन् । अहिलेसम्म उनले पनि श्रीमान पाएकी छैनन् ।

preeti-and-salman

श्रीमति नपाएका चर्चित ब्यक्तित्व मानिन्छन् सलमान खान । ४९ वर्ष उमेरका यी अभिनेता विभिन्न समयमा दर्जन बढी युवतिसँग जोडीए । तर, कसैसँग पनि राम्रो सम्बन्ध बनाउन सकेनन् । सलमान भन्दा उमेरले ७ वर्ष कान्छी छिन् प्रिती जिन्टा । कुनै समयकी चर्चित प्रितीले पनि आजसम्म उपयुक्त बर भेट्टाउन सकेकी छैनन् ।

निर्देशनको क्षेत्रमा विशिष्ट स्थान हाँसिल गरेका अर्का निर्देशक हुन् सञ्जयलीला भन्साली, हम दिन दे चुके सनम, देबदाश लगायतका फिल्म बनाएका भन्सालीलले ५२ वर्षका भए । स्त्रिmप्टमा धेरैलाई प्रेम गर्न सिकाएका भन्साली आफैंले भने आजसम्म प्रेम गर्न नजाने जस्तो छ ।

हे बेबी, हाउसफूल, हिम्मतवाला लगायतका फिल्म निर्देशन गरेका साजिद खान ४३ वर्षका भए । उनी पनि श्रीमति ल्याउन नसक्ने निर्देशकका रुपमा चिनिन्छन् अहिलेसम्म । उमेर ढल्किँदा समेत घरवार बसाउन नसक्ने अर्का निर्देशक हुन् तिग्मांशु धुलिया । पान सिंह तमोर, चरस, बुलेट राजा लगायतका फिल्म निर्देशन गरेका धुलिया पनि ४७ वर्षका भए ।