फेल भएका दुई विद्यार्थीद्वारा आत्महत्या

0 8

मैदी (धादिङ) : शुक्रबार प्रकाशित एसएलसीको नजितामा असफल भएपछि मैदीका एक विद्यार्थीले आत्महत्या गरेका छन् ।

मैदीमा रहेको ठुलोचौर माद्यमिक विद्यालयबाट एसएलसी दिएका सुनिल भारतीले शुक्रबार साँझ झुन्डेर आत्महत्या गरेका हुन् ।

दिउसो गाइबस्तु चराउन गएका भारती साँझ घर नफर्केपछि खोजी गरिएको थियो । फेल भएको थाहा पाएपछि आत्महत्या गरेको हुनसक्ने उनका साथीहरुले बताएका छन ।
जिल्ला अस्पताल धादिङमा शनिबार पोष्टमार्टपछि भारतीको दाहसंस्कार गरिएको छ ।

त्यसैगरी एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि तनहुँमा एक छात्राले शनिबार आत्महत्या गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार भानु गाविस(२ निवासी १७ वर्षीया मनिषा पाण्डेले आत्महत्या गरेकी हुन् । मृतक पाण्डे संस्कृत माध्यमिक विद्यालय चुदीबाट एसएलसी परीक्षामा सहभागी भएकी थिइन् ।

उनले आफ्नै घरमा आत्महत्या गरेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।