नेयमारलाई चार खेलमा प्रतिबन्ध

0 6

 

कोपा अमेरिकाबाट बाहिरिए 
काठमाडौं: कोलम्बियन खेलाडीसँ मैदानमै झगडा गरेपछि रेडकार्ड पाएका ब्राजिलियन स्टार स्ट्राईकर नेयमार चार खेलमा प्रतिबन्धित भएका छन्।
कोपा अमेरिका अन्तर्गत बिहीबार कोलम्बियासँग १-० ले पराजित खेलको अन्तिम समयमा कोलम्बियाका खेलाडीलाई  टाउकोले हानेपछि नेयमारलाई रेफ्रीले तत्कालै रेडकार्ड देखाएका थिए।
तत्कालै एक खेलको प्रतिबन्ध झेलेपछि आइतबार हुने भेनेजुयालविरुद्धको खेल गुमाएका नेयमारमाथि दक्षिण अमेरिकन फुटबस संघले त्यसमा थप अध्ययन गरी चार खेलको प्रतिबनध लगाएपछि नेयमार चिलीमा जारी कोपा अमेरिकाबाट बाहिरिएका हुन्।
खेलमा पराजित भएपछि निराश हुँदै बाहिरिने क्रममा नेयमारले मैदान बाहिर कोलम्बियाका खेलाडी पाब्लो अर्मेरोलाई टाउकोले हानेको थिए।
सोही क्रममा कोलम्बियाका स्ट्राइकर कार्लोस बाक्कालाई पनि रेडकार्ड देखाइएको थियो । उनलाई पनि दुई खेलमा प्रतिबन्धित गरिएको छ।
प्रतिबन्धित दुबै खेलाडीले आफूविरुद्धको कारबाहीबारे अपिल गर्न भने पाउनेछन्।
यसअघि घरमै भएको विश्वकपमा पनि नेयमार कोलम्बियाकै खेलाडी जुआन जुनिजाको खराब ट्याक्लका कारण ढाडको हड्डी टुटेर विश्वकपबा बाहिरिएका थिए।
आफ्ना प्रुमख स्ट्राइकर नेयमार बाहिरिएपछि ब्राजिल पुनः दबाबमा परेको छ। विश्वकपमा पनि नेयमरकै अभावका कारण ब्राजिलले जर्मनीसँग लज्जास्पद हार भोग्नुपरेको थियो