दाल र गेडागुडीको मूल्य साढे २४ प्रतिशत बढ्यो

0 10

५ असार, काठमाडौ । पछिल्लो समयमा दाल तथा गेडागुडीको मूल्य अकासिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । दाल तथा गेडागुडीको मूल्य अत्याधिक भएर सर्वसाधारण मारमा परेको तथ्यांकले पुष्टि गरेको हो ।

गेडागुडी र दालको मूल्य अत्याधिक बढे पनि तरकारीको मूल्य घटेको तथ्यांकले देखाएको राजधानीमा खबर छ । गत वैशाख महिनामा आएको विनाशकारी भूकम्पको कारण राजधानीलगायत सहरी क्षेत्रका सर्वसाधारण गाउँतिर लागेपछि तरकारी खपत कम भएको उत्पादकले गुनासो गरेका छन् । केही स्थानमा उत्पादित तरकारी उचित मूल्य नपाउँदा सस्तोमा बिक्री गर्नुपर्ने अवस्थासमेत आएको थियो ।