मलेसियाले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने

0 14

काठमाडौँ, ५ असार – सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएको छ।

यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेका नेपाल समाचारपत्रमा खबर छ।

श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा खाडी मुलुकमा नेपाली कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने माग गरेपछि त्यहाँको सरकारले कामदार खोज्ने मुलुकको सूचीबाट नेपाललाई हटाउने तयारी गरेको छ।