५० भन्दा बढी शवको डिएनए परीक्षण गरिँदै

0 5

काठमाडौँ, ५ असार – भूकम्पमा मृत्यु भएका ५० जनाभन्दा बढीको शव चिन्न समस्या परेपछि डिएनए परीक्षणबाट सनाखत हुने भएको छ।

कतिपय शवका टुक्रा र कंकाल मात्र फेला परेपछि डिएनए परीक्षणमार्फत शव पहिचान गर्न लागिएको हो। १४ वटा सग्ला शवको पनि हालसम्म पहिचान हुन सकेको छैन। अन्य केही शवका टुक्रा र हात मात्र भेटिएका छन्। ३५ शवका टुक्रा मात्रै भेटिएकाले तिनलाई अलग-अलग शव मानेर डिएनए परीक्षण पक्रिया सुरु गरिएको नयाँ पत्रिकामा खबर छ।

रसुवा तथा दोलखामा लामो समयपछि उत्खनन गरिएका शवका हड्डी र टुक्रामात्र भेटिएका छन्। शव र शवका टुक्रालाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। गोंगबुका भत्केका केही घरमा अझै पनि शव रहेको अनुमान गरिएको छ।