एसएलसीको पुरक परीक्षा साउन २० देखि (तालिका सहित)

0 7

काठमाडौँ, ५ असार –  एसएलसीको पुरक परीक्षा आउँदो साउन २० गतेदेखि हुने भएको छ।

परीक्षा नियन्त्रण कार्यालयले दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि साउन २० गतेदेखि २७ गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने भएको हो। हिजो सार्वजनिक भएको एसएलसी परीक्षाको नतिजा अनुसार नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत र आंशिकतर्फ १३ दशमलव ८० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

यसवर्षको नतिजामा सामुदायिक विद्यालयतर्फ उत्तीर्ण सङ्ख्या गएको वर्षभन्दा पाँच प्रतिशतले बढेको र संस्थागत विद्यालयतर्फ भने एक प्रतिशत घटेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यसवर्षको परीक्षामा पनि विगतमा जस्तै गणितमा सबैभन्दा बढी त्यसपछि विज्ञान र अङ्ग्रेजीमा बढी अनुत्तीर्ण भएका छन्।

पूरक परीक्षाको परीक्षा तालिका

क्र.सं.           मिति                           विषय
१. साउन २० गते बुधबार        अनिवार्य अङ्ग्रेजी,वेद विद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य/ अनिवार्य अङ्ग्रेजी
२. साउन २१ गते बिहिबार       अनिवार्य नेपाली , गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी
३. साउन २२ गते शुक्रबार        अनिवार्य गणित
४. साउन २३ गते शनिबार        अनिवार्य विज्ञान, वेद विद्याश्रमतर्फः अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद
५. साउन २४ गते आइतबार       अनिवार्य सामाजिक, अनुवाद
६. साउन २५ गते सोमबार         अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेद विद्याश्रमतर्फ: अनिवार्य कर्मकाण्ड,               अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ : अनिवार्य संस्कृत भाषा
७. साउन २६ गते मङ्गलबार      ऐच्छिक प्रथमपत्रका सबै विषय
८. साउन २७ गते बुधबार          ऐतिहासिक द्वित्तीयपत्रका सबै विषय