गोरखा र धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस

0 9

 

काठमाडौँ, ५ असार – गएराती गोरखा र धादिङ केन्द्रबिन्दु भएर एउटा भूकम्पको धक्का महशुस गरिएको छ।राती २ बजेर ४० मिनेटमा गोरखा र धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। त्यसअघि शुक्रबार दिउँसो १ बजेर ५० मिनेटमा गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको धक्का महशुस गरिएको थियो।

ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएको विज्ञले बताएका छन्। यस्ता पराकम्पन लामो समय आइरहने भएकाले नआत्तिन तर सचेत हुन उनीहरुको आग्रह छ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रको तालिका