भूकम्पमा ज्यान गुमाएकी एलिसा प्रथम श्रेणीमा उतीर्ण सामुदायिक विद्यालयकी भावना अर्यालले ल्याइन ९३.८७ प्रतिशत अंक

0 14

५ असार, काठमाडौ । भक्तपुरको तोलाँछे १ की एलिसा ग्वाँछा एसएलसी परीक्षामा प्रथम श्रेणीमा उतीर्ण भइन् । तर एसएलसी परीक्षाको नतिजा नआउँदै भूकम्पले ज्यान लियो ।

 

वैशाख १२ को भूकम्पले घर भत्किँदा घाइते उनको जेठ १ गते वीर अस्पतालमा निधन भएको थियो ।

बागेश्वरी उच्च माविबाट एसएलसी परीक्षा दिएकी एलिसा ६५.८० प्रतिशत अंकका साथ प्रथम श्रेणीमा उतीर्ण भएको विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले जानकारी दिए ।

०२८०७३०’एच’ सिम्बोल नम्बरकी एलिसाको अंग्रेजीमा ५८, नेपालीमा ६४, विज्ञानमा ६७, स्वास्थ्य जनसंख्या तथा वातावरणमा ५१, लेखामा ६६ र वातावरण विज्ञानमा ८९ अंक प्राप्त भएको छ ।

सोही विद्यालयकी आयुषा सुवालले सामुदायिक विद्यालयतर्फ राम्रो अंक प्राप्त गरेकी छन् । उनले ९२.३८ प्रतिशत अंक ल्याएकी छन् ।
सामुदायिक विद्यालयतर्फकै रुपन्देहीको मणिग्रामस्थित शान्ति नमूना उच्च माविकी भावना अर्यालले ९३.८७ प्रतिशत अंक प्राप्त गरेकी छन् ।