एसएलसीमा फेल भएपछि लक्ष्मीले आत्महत्या गरिन्

0 8

मोरङ : शुक्रबार सार्वजनिक एसएलसी परीक्षामाको नतिजामा अनुत्तिर्ण भएपछि मोरङमा एक किशोरीले आत्महत्या गरेकी छन् ।  एसएलसीमा फेल भएपछि मोरङको उर्लाबारी–७ की १७ वर्षीया लक्ष्मी खड्काले शुक्रबार साँझ झुन्डिएर आत्महत्या गरेकी हुन् ।
स्थानीय सुनपकुवा उच्च माविबाट २०७१ को एसएलसी दिएकी उनी विज्ञान बिषयमा अनुत्तीर्ण भएकी थिइन् ।  विज्ञानमा फेल भएको खबर पाएछि निराश बनेकी उनको शव शुक्रबार साँझ साढे ६ बजे झुण्डिएको अवस्थामा स्थानीयबासीले घरैमा भेटाएका थिए ।

अस्थायी प्रहरी चौकी उर्लाबारीेका प्रहरी सहायक निरीक्षक भीमबहादुर भुजेलका अनुसार उनको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र मंगलबारेमा राखिएको छ ।  पढाइमा तेज दिमागकी लक्ष्मीले यो एसएलसीमा राम्रो अंक ल्याएर पास हुने कुरा साथी र नातागोतालाई बताउँदै आएकी थिइन् ।

लक्ष्मी हजुरआमासँग बसेर पढ्दै आएकी थिइन् । उनकी आमा गोमा खड्का रोजगारीका लागि विदेशमा छिन् । लक्ष्मीका बाबु भक्तबहादुर खड्काले पनि झण्डै डेढ बर्षअघि आत्यहत्या गरेर मरेको खुल्न आएको छ ।

_source: nayapage