सर्वोच्चको आदेशपछि बालुवाटारमा प्रमुख दलको बैठक

0 5

काठमाडौं : १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशपछि छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

संविधान निर्माणका लागि प्रमुख चार दलले गरेको १६ बुँदे सहमति तत्काल कार्यान्वयन नगर्न सर्बोच्चले शुक्रबार आदेश दिएपछि दलहरुको आकस्मिक बैठक बालुवाटारमा बोलाइएको हो।

सर्वोच्च अदालतले नाम र सीमाबिनाको प्रदेशसहितको संविधान ल्याउने १६ बुँदे सहमतिविरुद्ध अन्तरिम आदेश जारी गरेपछि  दलहरु छलफलमा जुटेका हुन्।

सर्वोच्च अदालतका न्यायाधीश गिरिषचन्द्र लालको एकल इजालसले १६ बुँदे सहमति तत्काल कार्यान्वयन नगर्न अदालतले सरकार र संविधानसभाका नाममा अन्तरिम आदेश जारी गरेको हो।