आफ्नै महिला साथीको फेसबुकमा अश्लिल तस्विर राख्ने पक्राउ

0 4

काठमाडौं, असार ४ – आफ्नै महिला साथीको फेसबुक ह्याक गरी विभिन्न अश्लिल तस्विर राख्दै धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप साँघुटार वडा नम्बर १ बस्ने २७ वर्षीय जीवन भन्ने अरविन्द श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले आफ्नै साथीको फेसबुकमा अश्लिल तस्विरहरु अपलोड गरी आफन्त तथा साथीहरुलाई पोष्ट गर्ने धम्कीपूर्ण सन्देश पठाउने गर्थे । यसरी मानसिक यातना दिई डरत्रास देखाई व्यक्तिगत मान मयार्दमा आँच आउने किसिमको कार्य गरेको भन्दै श्रेष्ठलाई प्रहरीले ललितपुरको ग्वार्कोबाट असार ३ गते पक्राउ गरेको थियो ।

श्रेष्ठलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तरगत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।