बागमती थुनियो, तीनकुनेबासी त्रासमा

0 8
काठमाडौं: वर्षाले बागमती नदीमा बाढी आएको छ। बागमतीमा आएको बाढीले काठमाडौंको तीनकुनेमा बनाइएको डाइभर्सन थुनिएपछि शान्तिनगरक्षेत्र केही भाग डुबानमा परेको छ।
बाढीले सिनामंगल, शान्तिनगर, गैरी गाउँ र तीनकुने क्षेत्रका बासिन्‍दा त्रसित बनेका छन्। बाढीले शान्तिनगरमा रहेको सामुदायिक पार्क, शान्तिनगर तरकारी बजार र सोही स्थानमा रहेको चर्च डुबानमा परेको छ ।
 
शान्तिनगर तरकारी बजारका होटल व्यवसायी इश्‍वरीप्रसाद पाण्डेले बाढी तरकारी बजार, गाडी ग्यारेज र चर्चसम्मै पसेको बताए । बर्षाले बागमती नदीमा बाढी आएको छ। बागमतिमा आएको बाढीले तीनकुनेमा रहेको पुल डाइभर्सन थुनिएपछि शान्तिनगर क्षेत्र डुबानमा परेको छ।

बाढीले थुनिएको तीनकुनेको डाइभर्सन प्रहरीले खुलाउने प्रयास गरिरहेको छ।

-Source: Annapurna Post