जासुसी गर्नेलार्इ हत्या गरी यसरी झुन्डाइयो

0 5
एजेन्सी : आतंकवादी संगठन अल कायदाले आफ्ना नेता नासिर बुहाएसीको हत्यामा संलग्न भएको आरोप लगाउँदै साउदी अरबका दुर्इ नागरिकलार्इ गोली हानेर पुलमुनि झुन्डाएको छ ।

अल कायदाले उनीहरु दुबैले अमेरिकाको लागि जासूसी गरेको आरोप लगाएको छ । उनीहरुको जासुसीपछि अमेरिकाले ड्रोन हमलामा आफ्ना नेता मारिएको उसको दाबी छ ।

अल कायदाले यी दुर्इ ब्यक्तिलार्इ मारेर बुहाएसीको हत्याको बदला लिएको दाबी गरेको छ । सामाजिक सञ्जालमा राखिएको फोटोमा समुद्री तटमा आतंककारीको बीचमा दुबै मानिसलार्इ बसाइएको देखाइएको छ ।
उनको पछाडि आतंककारीले ब्यानर लिएर उभिएको देखाइएको छ । अन्य फोटोमा दुबै जासुस भनिएकाहरुको शव पुलमुनि झुन्डाइएको अवस्थामा देखाइएको छ । त्यसकै पछाडि कालो रंगको ब्यानर देखाइएको छ ।

गत शुक्रबार यमनमा अल कायदाका नेता नासिर बुहाएसी अमेरिकी ड्रोन हमलामा मारिएका थिए । त्यसको बदलामा यी दुर्इ व्यक्तिको हत्या गरिएको बताइएपनि उनीहरुलार्इ कहिले मारिएको खुल्न सकेको छैन ।

बुहाएसी ओसामा बिन लादेनका खास सहयोगी व्यक्ति थिए । यो आतंकवादी संगठनले आफूहरु र नेता बुहाएसीविरुद्ध जासुसी गरेकै कारण यी दुर्इजनालार्इ मारिएको दाबी गरेका छन् । यी दुबैले बुहाएसीको कपड़ा र गाडीमा कम्प्यूटर चिप लगाएका थिए । जसका कारण बुहायसी बसेको स्थान पत्ता लागेको थियो ।