स्मार्टफोनको अत्यधिक प्रयोग हातका लागि खतरनाक

0 11

एक अध्ययन अनुसार स्मार्टफोन प्रयोगकर्ताले औषतमा हरेक पाँच सेकेण्डमा आफ्नो स्मार्टफोनमा आँखा पूराएका हुन्छन् । स्मार्टफोनको यस्तो अधिक प्रयोग हानिकारक हुने शोधकर्ताहरुले बताएका छन् ।

स्मार्टफोनको अत्यधिक प्रयोगले मानिसको हातको कार्यमै नकारात्मक असर पूराउने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । साथै यसले हातको दबाव शक्तिमा पनि गम्भीर असर पूराउँछ ।

मशल एण्ड नर्भ जर्नलमा छापिएको शोध अनुसार स्मार्टफोनमा बढि च्याटिङ गर्ने मानिसको हातको नशा फुलिने जोखिम हुन्छ ।

टर्कीको सुलेमान डेमिरेल युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अनुसन्धान अनुसार स्मार्टफोनको अत्यधिक प्रयोगका कारण पाखुराको स्नायु मेडियन नर्भको आकार बढेर हातको सन्तुलन तथा कार्यमा असर पुग्दछ ।

निकट भविष्यमा मेडियन नर्भ फुलिने समस्याले पीडित मानिसहरुको संख्या निकै बढ्ने चेतावनी शोधकर्ताले दिएका छन् । त्यसैले स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने युवावर्ग यस बारेमा सचेत हुनुपर्ने उनीहरुको सल्लाह छ ।

शोधकर्ताहरुका अनुसार स्मार्टफोन प्रयोग गरिरहँदा त्यसको स्त्रिmनलाई चलाउँदा हातका औँलाहरु बारम्बार चलाउनुपर्ने हुन्छ । सोही कारणले हातको स्नायुमा असर पुग्ने हुन्छ ।

शोधकर्ताहरुले विश्वविद्यालयका विद्यार्थीहरुमा गरेको अध्ययन अनुसार स्मार्टफोन प्रयोगकर्ताहरु दिनमा कम्तिमा ३ घण्टा इन्टरनेट सफिर्ङ गरेर वा मेसेज गरेर बिताउँछन् ।