३० किलो चरेससहित तस्कर पक्राउ

0 10

वीरगन्ज :  प्रहरीले पर्साको जगरनाथपुरबाट बिहीबार ठूलो परिमाणमा चरेससहित एक तस्करलाई पक्राउ गरेको छ । जगरनाथपुर गाविस–५ सोहरी निवासी सानु यादवलाई प्रहरीले चरेससहित पक्रेको होे ।

बीआर२२एम ००२१ नम्बरको भारतीय मोटरसाइकलमा ४० वटा पोकामा रहेको चरेसहित भारत जाँदै गरेका यादवलाई जगरनाथपुर–६ बाट पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।

विशेष सुराकीको आधारमा प्रहरी चौकी पाँडेपुरबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र साहको नेतृत्वमा खटिएको प्रहरीले चरेस र मोटरसाइकलसहित यादवलाई पक्रेको हो ।

चरेस र मोटरसाइकलसहित पक्राउ यादवलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।