चर्चमा गोली चल्दा नौ जना मारिए

0 10
एजेन्सी : अमेरिकाको साउथ क्यारोलाइनाको चार्ल्सटन सहरको एक चर्चमा बिहीबार गोली चल्दा नौ जना मारिएका छन् ।

सो सहरको ऐतिहासिक चर्चमा भएको गोलीबारीका क्रममा नौ जना मारिएको त्यहाँका प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

चार्ल्स्टनका प्रहरी प्रमुख ग्रेगरी मलनका अनुसार आठजनाको एमानुएल अफ्रिकन म्याथडिस्ट एपिस्कोपल चर्चमा मृत्यु भएको हो । त्यसैगरी अर्का एकको मृत्यु उपचारका लागि लाने क्रमा भएको हो ।

यो घटनामा संलग्न भएको अभियोगमा प्रहरीले करिब २० वर्षीय एक गोरा युवाको खोजी थालेको छ । मलनले भने, ‘मलार्इ एकीन छ, यो घटना रिसिबीका कारण भएको हो ।’
स्थानीय समय अनुसार यो घटना राति नौ बजे भएको थियो । गोली चलेको समयमा चर्चभित्र सभा भइरहेको थियो ।

चार्ल्सटन पुलिसले ट्विट गर्दै आक्रमणमा संलग्न भएको भनिएका एक युवाको हुलिया र कपडाको जानकारी पनि दिएको छ । १९ औं शताब्दीमा बनेको यो चर्च अफ्रिकन मेथडिस्ट एपिस्कोपल चर्च अमरिकाको सबैभन्दा पुरानो चर्च हो ।