विवाहको आश्वासन दिएर यौन शोषण

0 13

गौशाला : महोत्तरीको सम्सी गाविसका वासिम शेषले एक किशोरीलाई विवाहको आश्वासन दिएर यौन शोषण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

सम्सी–२ बस्ने २१ वर्षीय वासिमले जेठ १८ गते १३ वर्षीया किशोरीलाई विवाह गर्ने आश्वासन दिएर ११ दिनसम्म पटकपटक यौनशोषण गरेको खुलेको हो । उनले गत जेठ २८ गते किशोरीलार्इ घरमा ल्याएर छोडिदिएपछि उनको विचल्ली भएको छ ।

ती किशोरीले असार २ गते आफ्ना अभिभावकको साथमा वासिमविरुद्ध जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले वासिमलाई पक्राउ गरेको हो ।

वासिममाथि प्रहरीले बुधबार साँझ नै जबर्जस्ती करणी मुद्दा दायर गरेको जनाएको छ । रासस