घर धनीले अटेर गरेर घर नभत्काएमा सरकारले नै भत्काउने

0 11

सरकारले जोखिमयुक्त र मादण्डविपरीतका घर तथा भवन भत्काउने तयारी पूरा गरेको छ । मन्त्रीपरिषदले यस्ता घर भत्काउन कार्यविधि स्वीकृत गरेसँगै अब प्राविधिक र उपकरण परिचालन गरेर अघि बढ्न सम्बन्धित निकायलाई बाटो खुलेको छ ।

 

शहरी विकास मन्त्रालयले तयार गरेको कार्यविधि मन्त्रीपरिषद् बैठकले पारित गरेको हो भवनसंहिता पालना नगरी निर्माण भएका घर भूकम्पको उच्च जोखिममा परेपछि भत्काउन सरकारले कार्यविधि ल्याएको हो । जोखिमयुक्त र मापदण्डविपरित बनेका घर/भवन भत्काउन सरकारले काठमाडौ, ललितपुर र भक्तपुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको कारोबारमा खबर छ ।

कार्यविधिअनुसार जोखिमयुक्त घर घरधनी आफैले भत्काउनुपर्नेछ । उनीहरुले अटेर गरे सरकारले भत्काउने र खर्च सबै घरधनीले तिर्नुपर्नेछ ।