सुपारी तस्कर लुम्‍बीनी नाकामा सक्रिय

0 5
वीरगन्ज : वीरगन्जमा प्रहरीले ६० लाख रुपैयाँभन्दा बढीको गुटखा र सुर्ती बरामद गरेको छ।
वीरगन्जको कुम्हाल टोलमा रहेको चावोसती मार्केटिङका सञ्चालक संजय अग्रवालको गोदाममा प्रहरीले मंगलबार छापा मारेर अवैद्य गुटखा र सुर्ती बरामद गरेको हो।
सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत भागमा सुर्ती सेवनले हुने क्यान्सरको खतराबाट अवगत गराउने तस्बिर तथा सूचना राख्ने प्रवधान छ।
तर यस्तो सन्देस नराखी बिक्रीका लागि लाने तयारी भएको पाइएकाले बरामद गरिएको प्रहरीले बताएको छ।
अग्रवालको गोदामबाट प्रहरीले झण्डै ४२ लाख मूल्य बरारबरको विभिन्न ब्रान्डको अवैध गुटखा बरामद गरको छ।
यस्तै बाइपासमा रहेको शिवशक्ति सुर्ती उद्योगमा छापा मारेर २० लाख बराबरको सुर्ती र गुटका बरामद गरेको छ।
विशेष सुराकीको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले गुटखा गोदाममा छापा मारेको प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए।
सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी र प्रहरी उपरीक्षक दिवेश लोहनीको नियन्त्रणमा खटिएको टोलीले छापा मारेको थियो।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन अनुगमन निर्देशिका २०७१ ले बजारमा बिक्री हुने सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत भागमा ‘सुर्ती सेवनले हुने क्यान्सरको खतराबाट अवगत गराउने’ तस्बिर तथा सूचना राख्ने प्रवधान गरेको छ।
‘सन्देश दिने तस्बिर नराखेर गरिने सुर्तीजन्य पदार्थ उत्पादन तथा बिक्री नियन्त्रण गर्न अनुगमन थालिएको हो’, अनुगमन टोलीको अगुवाई गरेका सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन अनुगमन समितिका पर्सा जिल्ला संयोजक सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘नियम बाहिर भेटिएका उद्योग र गोदाममा हामीले अनुगमन गरेका हौं।’
अनुगमन गरिएका दुईवटै ठाउँमा नियम विपरितका गुटखा र सुर्ती फेला परेको उनले बताए।
अवैध कारोबार नियन्त्रण गर्न छापा मारेपछि व्यापारीले विरोध गरेका छन्।
उनीहरूले मंगलबार वीरन्जका किराना पसलहरू एक घण्टा बन्द गरेका थिए।
राजस्व र भ्याट बिलको निरीक्षण गरेर मालसामान जफत गर्ने अधिकार प्रहरीलाई नभएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल केडियाको दाबी छ।
प्रहरीले भने व्यापारको नाममा अवैध काम गर्नेलाई नियन्त्रण गर्नु आफ्नो अधिकार क्षेत्रभित्र भएको बताएको छ।