पत्रकारको ल्यापटप र क्यामेरा चोर्ने पक्राउ

0 14
भैरहवा: रुपन्देही जिल्ला प्रहरीले स्थानिय पत्रकारको ल्यापटप, क्यामेरा र सुनका गरगहना चोर्ने गिरोहलाई सामान सहित पक्राउ गरी वुधबार सार्वजनिक गरेको छ ।
राष्ट्रिय समाचार समितीका जिल्ला समाचारदाता दीपक घिमिरेको भैरहवा लुम्विनी रोडस्थित डेराबाट ती सामान चोरी गर्ने चितवनका तीनजना किशोरलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिए ।
पत्रकार घिमिरेको आईतवार दिउसो २ वजे  कोठा फोडेर  ती सामान तथा जिन्सी चोरी भएको थियो । पक्राउ पर्नेहरुमा वडा नं १ का प्रेम थापा मगर, १० नम्वर वडाका सुनिल परियार र ११ नम्वर वडाका सुमन गुरुङ छन् ।  उनिहरुको बाबुआमा कोही नभएको र लागु औषध दुव्र्यसनी रहेको पनि  प्रहरीले बताएको छ ।
चोरी भएको सामान फिर्ता भएकोमा खुशी व्यक्त गर्दै पत्रकार घिमिरेले खोजीकार्यमा संलग्न प्रहरीलाई धन्यवाद दिएका छन् ।

-Source : Annapurna Post