यस्तो छ गंगाजलमा प्रियंकाको रुप

0 10

मुम्बई । प्रकाश झा निर्देशित चलचित्र ‘गंगाजल-२’मा मुख्य भूमिका निर्वाह गरेकी प्रियंका चोपडा लामो समयपछि प्रहरीको बर्दीमा देखिने भएकी छिन् ।

गंगाजलको पहिलो सिरिज सन २००३ मा बनेको थियो भने अजय देबगणले मुख्य भूमिका निर्वाह गरेका थिए ।

‘गंगाजल-२’ को कथा महिला प्रहरीको चरित्र केन्द्रित छ भने यसमा प्रियंकाले केही स्टन्टका दृष्य पनि दिनुपर्ने भएको छ । पहिलो फिल्ममा निर्देशक झाले उत्तरप्रदशेका प्रहरीको भ्रष्ट चरित्रलाई प्रस्तुत गरेका थिए ।

यसपालीको फिल्लमा महिला प्रहरीलाई कुन रुपमा प्रस्तुत गरेका छन् हेर्न बाँकी छ । तर, प्रियंकाले विषयबस्तु दमदार भएको भन्दै भुमिका चित्तबुझ्दो भएको बताएकी छिन् ।