अपराध महाशाखा प्रमुखमा एसएसपी खनाल

0 4

काठमाडौं : प्रहरी मुख्यालयले अपराध महाशाखामा एसएसपी सर्वेन्द्र खनाललाई प्रमुख बनाएर पठाएको छ। तत्कालीन महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की लाईबेरियामा यूएनको पुलिस मनिटरिङ सम्बन्धी काम गर्न गएपछि उनको स्थानमा खनाललाई पठाइएको हो।

अपराध महाशाखामा जान करिब ६ जना एसएसपीबीच तछाडमछाड भईरहेका बेला प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले खनाललाई महाशाखामा पठाएका हुन्।

तनहुँका एमाले नेता किसान श्रेष्ठसँगनिकट खनालले महाशाखामा सरूवाका लागि श्रेष्ठमार्फत उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमसमक्ष लविङ गर्न लगाएको स्रोतको दाबी छ।

यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका खनालले अञ्चल प्रहरी कार्यालय नारायणीको प्रमुह हुँदा तस्करीसँगै अपराध नियन्त्रणमा राम्रो कार्यक्षमता देखाएका थिए ।