बेल्जियम सरकारद्वारा फेसबुक विरुद्ध मुद्दा, इन्टरनेट प्रयोगकर्ताको जासुसी गरेको आरोप

0 7

इन्टरनेट प्रयोगकर्ताको ब्राउजिङ शैलीको निगरानी गर्ने गरेको भन्दै बेल्जियमको गोपनियता संरक्षा आयोगले फेसबुक विरुद्ध मुद्दा हालेको हो । फेसबुकले फेसबुक प्रयोगकर्ता तथा फेसबुक नचलाउने सबैखाले इन्टरनेट प्रयोगकर्ताको नेट सफिर्ङको बानी व्यहोरा तथा उनीहरुको रुची लगायतका विषयका जानकारीहरु संकलन गर्नका लागि इन्टरनेट प्रयोगकर्ताहरुको निगरानी गर्ने गरेको दाबी सीपीपीको छ ।

गत महिना फेसबुकमाथि यस्तै आरोप लगाएर आलोचना गरेको सीपीपीले अन्ततः न्यायिक बाटो रोजेको हो ।

तर फेसबुकले भने आयोगको मुद्दा चलाउने उक्त कार्यप्रति आश्चर्य प्रकट गर्दै त्यसलाई नाटकीय कार्यको संज्ञा दिएको छ । आयोगले व्यक्त गरेको चासोको विषयमा यहीँ हप्ता भेटेर छलफल गर्ने तयारी भैरहँदा आफु विरुद्ध मुद्दा हालिएको फेसबुकको भनाइ छ । फेसबुकका प्रवक्ताका अनुसार यो विषयमा जुन १९ का दिन सीपीपीका अधिकारीहरुसँग भेटेर छलफल गर्ने कार्यक्रम तय भएको थियो ।

तर आयोगका प्रवक्ताले भने गत महिना यो विषयमा सोधिएका प्रश्नहरुको फेसबुकले सन्तोषजनक जवाफ नदिएका कारण यस्तो कदम चालिएको प्रष्ट पारेका छन् ।

यस्तै प्रकृतिका जर्मन, डच, प|mेन्च तथा स्पेनिस सरकारी निकायहरुसँग सहकार्य गर्दै आएको सीपीपीले फेसबुकबाट युरोपेली गोपनियता कानूनको हनन भएको दाबी गरेको छ ।

अदालतमा दायर गरेको मुद्दामा आयोगले खासगरी फेसबुकका गैर प्रयोगकर्ताको निगरानी तथा अनुगमन गर्ने काममा फेसबुकलाई तत्काल प्रतिबन्धित गर्न माग गरेको छ ।

फेसबुकले प्लग इन्स तथा कुकीहरुबाट इन्टरनेट प्रयोगकर्ताको निगरानी गर्ने गरेको दाबी उसको छ ।