८२ हजार मेट्रिक टन मल भित्रिदै

0 12
यो वर्ष मलको अभाव हुने
काठमाडौं: खाद्यान्न उत्पादन बढाउन उन्नत जातको विउविजनको माग बढिरहेको सन्र्दभमा द्रुतगतिमा धानको जात विकास गर्ने जैविक प्रविधिसम्वन्धी परियोजना सञ्चालनमा आएको छ।
मंगलबार राजधानीमा एक कार्यक्रमबीच कृषि विकास मन्त्रालयका सहसचिव डा. राजेन्द्र अधिकारीले कास्प प्रविधि प्रयोगबाट किसानको जीवनस्तर उकास्नका लागि ‘धानको नयाँ जातको विकास’ नामक परियोजनाको सुभारम्भ गरेका हुन्।
वातावरणमैत्री, सस्तो तथा सरल जैविक प्रविधि कास्पको प्रयोगबाट धानको जात विकास गर्ने प्रविधिको प्रयोग गर्ने नेपाल एशियामा नै पहिलो राष्ट्र भएको छ।
नेपाल कृषि अनुसन्धान परिषद्(नार्क), अनमोल बीउ प्रालि र वेलायतको बैगोर विश्वविद्यालयले संयुक्त रुपमा सञ्चालन गर्ने यस प्रविधिमार्फत धानको विउ विकासमा लाग्ने १२ देखि १५ वर्षसम्मको अवधिलाई घटाएर पाँचदेखि ६ वर्षमा झार्न सकिने विज्ञहरु को दाबी छ।
यस परियोजनामार्फत नार्कको जैविक प्रविधि ल्यावको आधुनिकीकरणसमेत गरिने बताइएको छ। यो परियोजना नेपालका चार जिल्ला झापा, सुनसरी, बाँके तथा ललितपुरमा सञ्चालन हुनेछ।
परियोजनाले नेपालमा विद्यमान मुख्य धानका स्थानीय तथा उन्नत जातमा भएको डढुवा र मरु वा रोग सहन सक्ने क्षमताको पहिचान गर्ने, कास्प प्रविधिको प्रयोग गरी धानमा द्रुत गतिमा जातको विकास गर्ने प्रविधिमार्फत नेपालका लोकप्रिय तर डढुवा र मरु वा रोग लाग्ने धानका जातहरु खुमल, सुनौलो सुगन्धा, अनमोल मसुली र सुगन्धा १ मा डढुवा र मरु वा रोग सहनसक्ने अनुवांशिक गुणको विकास गर्ने तथा डडुवा र मरु वा रोग लगाउने जीवाणुहरु सहनसक्ने अनुवांशिक गुणहरु एकत्रित गरिनेछ।
कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ बाली रोग विज्ञ वेदानन्द चौधरी, बैगोर विश्वविद्यालयका प्राडा जोन विटकम्बे तथा भारत श्रीनगरस्थित काश्मिर कृषि विश्वविद्यालयका प्राडा असिफ बसिर सिकारीले धानमा रोगको प्रकोप र यसको नियन्त्रणमा कास्प प्रविधिको प्रयोगसम्बन्धी छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए।
उक्त अवसरमा नार्कका निमित्ता कार्यकारी निर्देशक डा. चेतराज उप्रेती तथा लिवर्डका कार्यकारी निर्देशक डा. बलराम थापाको पनि सहभागिता थियो।
डढुवा तथा मरु वाबाट रोगबाट बर्षेनी १० देखि २० प्रतिशतसम्म उत्पादनमा ह्रास भइरहेको छ।
जलवायु परिवर्तनको असर तथा नयाँ नयाँ रोगहरु को प्रकोप बढ्दै गई कृषि उत्पादकत्व तथा उत्पादन घट्दै गई खाद्य तथा पोषण सुरक्षा चुनौतीमय वन्दै गइरहेको सन्दर्भमा रोग सहन सक्ने अनुवाशिकयुक्त किसानमैत्री धानको जात विकास र विस्तार गर्न सकिएमा खाद्य तथा पोषण सुरक्षाका साथै गरिबी न्यूनीकरणमासमेत टेवा पुग्ने विज्ञहरु को धारणा छ।